विश्व
नेपालको पासपोर्ट कमजोर, जापानको सबैभन्दा बलियोः हेन्ले एन्ड पार्टनर्स
काठमाडौंः लन्डनस्थित ग्लोबल नागरिकता र रेसिडेन्सी सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सका अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा परेको छ ।
सो संस्थाले जारी गरेको नयाँ सूचीअनुसार नेपालको पासपोर्ट कमजोरको सूचीमा परेको हो । नेपालको पासपोर्टबाट ३८ वटा देशहरुमा भिसा–अन–अराइभल हुन्छ । ४० वा सोभन्दा कम देशमा भिसा–अन–अराइभलको पहुँच गर्ने देशहरुको पासपोर्टलाई कमजोरको सूचीमा राखिएको छ ।
यसैगरी कमजोर पासपोर्टको सूचीमा उत्तर कोरिया (४० देश), सोमालिया (३५) देश, यमन (३४ देश), पाकिस्तान (३२ देश), सिरिया (३० देश), इराक (२९ देश) र अफगानिस्तान (२७ देश) रहेका छन् ।
जापान विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष स्थानमा छ । जसले सबै १९३ देशमा भिसा–अन–अराइभल वा भिसा–रहित पहुँच प्रदान गर्दछ ।
विश्वभरका पासपोर्टहरुको यो प्रतिवेदन हेन्ले एन्ड पार्टनर्सले प्रत्येक तीन महिनामा सार्वजनिक गर्छ । जनवरी १० मा जारी गरिएको यो प्रतिवेदनमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष तीनमा एसियाली देशका पासपोर्ट रहेको बताइएको छ ।
यस सूचीमा जापानपछि सिंगापुर र दक्षिण कोरिया संयुक्त रुपमा दोस्रो स्थानमा छन्। जसले आफ्ना पासपोर्ट धारकलाई १९२ देशमा भिसामुक्त पहुँच दिन्छ ।
सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा धेरै हदसम्म युरोपेली देशको प्रभुत्व रहेको छ ।
यी हुन् सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरुः
१. जापान (१९३ गन्तव्य)
२. सिंगापुर, दक्षिण कोरिया (१९२ गन्तव्य)
३. जर्मनी, स्पेन (१९० गन्तव्य)
४. फिनल्यान्ड, इटाली, लक्जमबर्ग (१८९ गन्तव्य)
५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्वीडेन (१८८ गन्तव्य)
६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, युनाइटेड किंगडम (१८७ गन्तव्य)
७. बेल्जियम, न्युजील्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, चेक गणतन्त्र (१८६ गन्तव्य)
८. अस्ट्रेलिया, क्यानडा, ग्रीस, माल्टा (१८५ गन्तव्य)
९. हंगेरी, पोल्यान्ड (१८४ गन्तव्य)
१०. लिथुआनिया, स्लोभाकिया (१८३ गन्तव्य)
Facebook Comment
Banner
राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।
राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । 😮
Banner
आज – २८ बैशाख २०८१ शुक्रवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।
युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।
एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।
एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login